संचारमन्त्रीको राजीनामा माग गर्दै कांग्रेसले सदन अवरोध गर्ने जानकारी दिएपछि संसद बैठक अझै बस्ने सकेन
सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिदको विषयमा स्वीस कम्पनीका प्रतिनिधिसँग कमिशन मागेको विषयको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरोध गर्ने जानकारी दिएपछि सभामुखले प्रतिनिधि सभाको बैठक आज चलाउने कि सूचना टाँस गरी स्थगित गर्ने भन्नेबारे आन्तरिक परामर्श गरिरहेका छन्।
अपरान्ह १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा कांग्रेसले सरकारकै मन्त्रीले घुसवापत कमिशन मागेको विरोध गर्दै सदन अवरोध गर्ने जानकारी दिएपछि संसदको बैठक सभामुख अग्निप्रसाद सापकोटाले अहिलेसम्म सुरु गर्न सकेका छैनन्।
सत्ता र विपक्षी दलका सदस्यहरु सभामुखको निर्णयको पर्खाइमा सवाघण्टादेखि बाहिर कुरीबसेका छन्।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय