स्वस्थानी र ऋषिपञ्चमी ब्रतकथाका पाना च्यात्न सरकारसँग नेकपा सांसद यशोदा गुरुङको माग (भिडियो सहित)
                        
                        
                                                
                                             
                                                
                        माओवादी जनयुद्धका नाममा देशको राजनीतिक व्यवस्थासँगै सामाजिक, धार्मिृक र सांस्कृतिक आस्थामाथि आक्रमण गर्दै सत्तामा स्थापित हुन पुगेको पूर्वमाओवादी नेताृत्वपंक्तिकै एक सदस्यले हिन्दु धर्म र परम्पराको केन्द्रविन्दुमा रहेको स्वास्थानी ब्रतकथा र ऋषिपञ्चमी पूजामाथि आक्रमण गर्न सरकारलाई गुहारेको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद यशोदा सुवेदी गुरुङले छाउपडी जस्तो कुरिती र कुसंस्कार अन्त्यका लागि छाउगोठ भत्काउने अभियान गृहमन्त्रालयले चलाएकामा स्वागतयोग्य कदम भएको बताइन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै पूर्वमाओवादी नेता तथा नेकपा संसदीय दलका मुख्य सचेतक देवप्रसाद गुरुङकी श्रीमती समेत रहेकी सांसद यशोदाले सुदूरपश्चिममा कुसंस्कारको रुपमा रहेको छाउप्रथा अन्त्यका लागि गृहमन्त्रालयले चलाएको छाउगोठ भत्काउने अभियानको स्वागत गरिन्।
https://www.facebook.com/himaldainik/videos/538655276997163/
‘सदियौँ देखि नेपाली महिलालाई जकडिएर राखेको यो कुरिती भत्काउन केबल छाउगोठ भत्काउने कार्यमात्र पर्यात्प हुँदैन। बारीका ढिकमा भएका छाउगोठ भत्काएरमात्रै के गर्ने? मान्छेका मनमस्तिष्कबाट छाउगोठ भत्काउन जरुरी छ,’ उनले भनिन्।
देशको सबै भूभागमा कुनै न कुनै रुपमा रहेको कुसंस्कार भत्काउन सरकार, राजनीतिक दल, जनप्रतिनि, नागरिक समाज सबैको संयुक्त प्रयासको खाँचो रहेको बताउँदै उनले यसमा शसक्त अभियानको खाँचो भएको बताइन्। उनले थप्दै भनिन्, ‘जसले धार्मिक अन्धविश्वास भत्काउन सकोस्, छाउजस्तो परम्परा र संस्कारलाई मजबुत पार्ने स्वस्थानी ब्रतकथा र ऋषिपञ्चमी ब्रत कथाका पानाहरु च्यात्न सकोस्। तसर्थ यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’
हिन्दु धर्मपरम्परा अनुसार, पौष शुक्ल पूर्णिमाको दिनदेखि सुरु भएर माघ शुक्ल पूर्णिमाको दिन अन्त्य हुने एक महिने स्वास्थानी ब्रतकथा गत आइतबार मात्रै समापन भएको छ।
                        
                    
                प्रकाशित मिति: शनिबार, माघ २५, २०७६
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                    