ललिता निवास प्रकरणमा सत्ताले कानूनको मुखमा बुझो लगायोः प्रेम सुवाल
                        
                        
                                                
                                             
                                                
                        नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवासको जग्गा प्रकरणमा कानूनको मुखमा बुझो लगाउने कार्य भएको भन्दै कसैलाई नीतिगत निर्णयको आवरणमा कसैलाई पनि छुट दिन नहुने बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा सुवालले ललिता निवासको जग्गा हिनामिना प्रकरणको समाचार सार्वजनिक भएलगत्तै सरकारका प्रवक्ताले आफ्नो दलको महासचिव विष्णु पौडेल झुक्किएर ठगिएको भन्ने अभिव्यक्ति दिएलगत्तै उक्त विषयमा आफ्नो दलका नेताहरुलाई चोख्याउने प्रपञ्च भएको आरोप लगाउँदै यसबारे सबैमाथि गम्भीर छानविन र अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरे।
साथै उनले चीनको वहानबाट स्वदेश फिर्ता गर्न लागिएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राख्ने सरकारी तयारीको विरोध गर्दै विश्व स्वास्थ्य संघको प्रस्ताव वमोजिम मानववस्ती भन्दा टाढा सुरक्षित स्थानमा राख्न पर्ने माग गरे।
https://www.facebook.com/himaldainik/videos/2506343982913921/
                        
                    
                प्रकाशित मिति: शनिबार, माघ २५, २०७६
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                    