संसदको अवरोध आज कांग्रेसले बोलेर खुलाउँदै
                        
                        
                                                
                                            
                        निरन्तर तीन पटकसम्म अवरुद्ध भएको प्रतिनिधि सभाको बैठक आज खुल्ने भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा सत्तापक्षका नेता लगायतका कतिपय जिम्मेवार पदाधिकारीलाई छुट दिएर कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलार्ई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाएको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेसले यसअघिका तीनवटा बैठक अबरुद्ध पारेको थियो।
अख्तियारको मुद्दा अदालतमा प्रवेश गरिसकेको परिस्थितिमा कांग्रेसले विधिको शासन र पद्धती अनुरुप संसदीय अभ्यासलाई भरपूर उपयोग गर्दै उक्त घटनाको राजनीतिक रुपमा सदन र सडकमा प्रतिवाद गर्र्ने र आरोपित गच्छदारले कानूनी लडाइ लड्ने निर्णय कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले गरेको छ।
आजको बैठकमा उक्त विषयमा सचेतक पुष्पा भुसालले सुरुमा विरोध स्वरुप आफ्नो दलको विचार राख्दै सभामुखलाई सदनको कारबाही अघि बढाउन सहयोग गर्ने जानकारी सचेतक भुसालले दिइन।
https://www.facebook.com/himaldainik/videos/2506343982913921/
                        
                    
                प्रकाशित मिति: शनिबार, माघ २५, २०७६
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                    