अग्नि सापकोटाले दिए सभामुखका लागि उम्मेदवारी, राजपाको समर्थन(भिडियो सहित)
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद अग्नि सापकोटाले सभामुख पदका लागि मनोनयन दर्ता गराएका छन्।
मंगलबार संसद् भवन नयाँ बानेश्वर पुगेर सापकोटाले सभामुखमा उम्मेदवारी दिएका हुन् । सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ रहेका छन् भने समर्थकहरुमा नेकपाका सांसद देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा सांसद लक्ष्मणलाल कर्ण रहेका छन्।
https://www.facebook.com/himaldainik/videos/846152769132039/
उम्मेदवारी दर्ता गरेपछि सभामुखका उम्मेदवार नेकपा सांसद अग्नि सापकोटाले संसदको गरिमा र मूल्यमान्यता उच्च बनाइराख्न प्रयत्न गर्ने बताए । सार्वभौम संस्थाको ओज बचाउन लागि पर्ने उनले बताए ।
नेकपा स्थायी समिति सदस्य रहेका सापकोटालाई आइतबार बसेको सचिवालय बैठकले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सापकोटा सन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति: शनिबार, माघ ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय