विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोबिड १९)को संक्रमणलाई मध्यनजर गर्दै भारत सरकारले विदेशीलाई भारत छिर्नमा रोक लागेको छ।
भारतको स्वास्थ्य मन्त्रालयले बुधबार जारी गरेको बिज्ञप्ति अनुसार मार्च १३ बाट सबै भिसा रद्द गर्ने निर्णय गरेको हो। यो नियम अनुसार मार्च १३ गतेदेखि अप्रिल १५ सम्म सबै राष्ट्रको भिसा रद्द गरेको छ।
अहिले भारतमा भएका विदेशीको हकमा भने उनीहरुको भिसा रद्द हुने छैन। कोरोनाबाट संक्रमित राष्ट्र चीन, इटली, इरान, कोरिया, स्पेन, जर्मनीबाट भारतीय नागरिक स्वदेश फर्किन चाहे उनीहरुलाई स्क्रीनिंग गरेर मात्र प्रवेश गरिने र १४ दिन क्वारेन्टाइनस्थलमा राखिने मन्त्रालयले जनाएको छ। संचार मध्यमका अनुसार अहिले सम्म भारतमा ४४ जना भारतीय र १६ जना बिदेशी नागरिकमा कोरोनाको संक्रमणको लक्षण भेटिएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्