सिरियाली शिविरबाट आइएसका करिब ८०० आफन्त भागेपछि फ्रान्सद्वारा चासो व्यक्त

टर्कीले उत्तरपूर्वी सिरियामा हवाई आक्रमणलाई बढाएपछि उक्त क्षेत्रमा रहेका शिविरहरूमा लामो समयदेखि बस्दै आएका जिहादीका सयौँ आफन्तजन शिविरबाट भागेका समाचारहरू आइरहँदा यसप्रति फ्रान्सले चासो ब्यक्त गरेको छ ।
विगत केही दिन यता टर्कीले उक्त क्षेत्रमा हवाई आक्रमण गरेको छ भने यसका कारण कम्तीमा २८ सिरियाली कूर्दिस सर्वसाधारणको मृत्यु भएको छ
सिरियाली द्वन्द्वका कारण शिविरमा बस्दै आएका उनीहरूले टर्कीले चलाएको पछिल्लो कारबाहीपछि जीवन जोगाउनका लागि नै भागेका बेलायतस्थित सिरियाली मानब अधिकारवादी संस्थाले जनाएको छ ।
यसैबीच फ्रान्सले शिविरबाट भागेका कूर्दका विदेशी आफन्तहरू जिहादी रहेका र उनीहरूलाई शिविरबाट भाग्न बाध्य पारिएपछि आउनसक्ने गतिविधिप्रति टर्की जिम्मेवार बन्नुपर्छ,” फ्रान्स सरकारका प्रवक्ता सिवेथ नादियले फ्रान्स थ्री टेलिभिजनसँग भने । शिविरमा देखिएको भागाभागको स्थितिलाई तत्काल नियन्त्रणमा ल्याउनुपर्ने उहाँको धारणा थियो ।
विगत चार दिनमा टर्कीले सिरियाली सिमानामा गरेको हवाई आक्रमणमा परी मृत्यु हुने सर्वसाधारणको सङ्ख्या २८ पुगेको र शनिबार कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली मानव अधिकारवादी समूहले जनाएको थियो । (रासस÷एएफपी)
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय