एफए कपको सेमीफाइनलमा चेल्सी

चेल्सी एफए कपको सेमी फाइनलमा पुगेको छ। आठ पटकको विजेता चेल्सीले गएराति शेफिल्ड युनाइटेडलाई २–० को गोल अन्तरले पराजित गर्दै एफए कपको अन्तिम चारमा प्रवेश गरेको हो ।
खेलको २४ औं मिनेटमा बेन चिलवेलको क्रसलाई क्लियर गर्नेक्रममा ओलिभर नोरउडले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि चेल्सीले अग्रता लिएको थियो ।
पहिलो हाफ एक गोलको अग्रता लिएको चेल्सीले दोश्रो हाफको इन्जुरी टाइममा हाकिम जियाचले चिलवेलकै पासमा गरे । यसअघि एफए कपको फाइनलमा म्यानचेस्टर सिटी र साउथह्याम्पटनले आफ्नो स्थान सुनिश्चित गरि सकेको छ ।
प्रकाशित मिति: सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय