प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ!
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेका नेता गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्ने कदम सही थियो भन्ने साबित गर्नका लागि संसद्लाई कामविहीन बनाइएको बताएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा कांग्रेसका सांसद थापाले प्रधानमन्त्री ओलीले कहिले प्रश्न छल्न हठात् बैठक स्थगित गर्ने, कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद भंग गर्ने र अहिले प्रतिनिधि सभा विघटन गर्ने सनक सही थियो भन्नका लागि संसदलाई कामविहीन बनाउने प्रपन्च रचेको आरोप लागेका हुन्।
उनले भने 'जतिदिन यो सरकार रहन्छ । संसदको तिरस्कार, अपमान र उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ । किनकी प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनु छ ।’ थापाले वर्तमान सरकार रहेसम्म संसद्को तिरस्कार बढ्दै जाने बताए ।
‘कहिले प्रश्न छल्न हठात् बैठक स्थगित,’ उनले भने, ‘कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद भंग, अहिले प्रतिनिधि सभा विघटन गर्ने सनक सही थियो भन्नका लागि संसदलाई कामविहीन बनाउने प्रपन्च भएको छ । जतिदिन यो सरकार रहन्छ । संसदको तिरस्कार, अपमान र उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ । किनकी प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनु छ ।’
त्यस्तै उनले संसदको गरिमा बचाउन प्रमुख प्रतिपक्ष दल डटेर लड्ने बताए। ‘यो विधेयक अभिवेशन हो । हामी काम गर्न तयार छौं,’ थापाले भने, ‘एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिएन भनेर हल्ला गर्ने, तर, संसदलाई एउटा पनि विधेयक नदिने ? अनि विधेयकलाई कानुन बनाउनका लागि चाहिने राष्ट्रिय सभा पनि नबोलाउने । हामी स्पष्ट छौं । हामी हाम्रो ठाउँबाट डटेर संसदको गरिमा कायम राख्न लड्नेछ । बाँकी जिम्मा जनताको । उचित समयमा जनताले यसको हिसाब किताब गर्नेछन् । आफ्नो अपमानको बदला जनताले लिनेछन् ।’
प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय