प्रधानमन्त्री ओली थ्री नेसन्स कपको फाइनल हेर्न दशरथ रंगशाला जाँदै

अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको थ्री नेसन्स कपको फाइनल खेल आज हुँदैछ । नेपाल घरेलु मैदानमा जारी थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा बंगलादेश र नेपाल भिड्दै छन् ।
आज ५:३० बजे सुरु हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जाने भएका छन्। अखिल नेपाल फुटबल संघका प्रवक्ता किरण राईका अनुसार प्रधानमन्त्री ओलीले विजयी टिमलाई ट्रोफी वितरण गर्नेछन्।
शनिबार भएको लिग चरणको खेलमा नेपालले बंगलादेशले गोल रहित बराबरी खेल्दै लिगको दोस्रो स्थानमा रहदै फाइनलमा प्रवेश गरेको हो। नेपालले २ खेलमा २ अंक जोड्यो । नेपालले पहिलो खेलमा किर्गिस्तानको यू–२३ टिमसँग गोलरहित बराबरी खेलेको थियो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । बंगलादेशले २ खेलमा ४ अंक जोड्यो ।
बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १–० ले हराएको थियो । किर्गिस्तान भने १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको थियो । अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू-२३ टिमको सहभागिता रहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय