दिल्लीमा पनि आजबाट नाइट कर्फ्यु

भारत कोरोनाको कहर बढ्दै गएको छ। दिल्लीमा कोरोनाको संक्रमण बढ्दै गएपछि दिल्ली सरकारले मंगलबारदेखि अप्रिल ३० सम्म नाइट कर्फ्यु लगाउने घोषणा गरेको छ।
दिल्लीमा अब राति १० बजेदेखि बिहान ५ बजेसम्म घरबाट बाहिर निस्किन निषेध गरेको छ । यो कदम कोरोना भाइरस रोक्नका लागि गरिएको दिल्ली सरकारले जनाएको छ । यस समयमा आपतकालीन सेवाहरु भने सुचारू हुनेछ। दिल्लीमा ४ दिनमा ३ हजार ५ सय भन्दा बढी कोरोनाको केस देखिएको छ ।
पछिल्लो समय भारतमा कोरोनाको दोश्रो लहर सुरु भएको छ । आइतबार भारतमा एक लाखभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको थियो । यो संख्या गत सेप्टेम्बर महिना यताको सर्वाधिक संख्या हो । त्यस्तै सोमबार करीब ९७ हजार जनामा कोरोना पुष्टि भएको थियो भने यस अवधिमा ४०० भन्दा बढीको ज्यान गएको छ । यस अघि महराष्ट्रको सरकारले सोमबार मुम्बईमा नाइट कर्फ्यु र विकेन्ड लकडाउनको घोषणा गरेको थियो। एजेन्सीको सहयोगमा
कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ । यहाँको सरकारले रातको समयमा कफ्र्युका साथै साप्ताहिक विदा(विकेन्ड) का समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था लागु गरेको हो ।
थप पढ्नुहोस्: https://www.himaldainik.com/21119/2021/
भारतमा एकै दिन कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ। आइतबार भारतमा १ लाख ३ हजार ७९४ मा कोरोनाको संक्रमण देखिएको छ।
थप पढ्नुहोस्: https://www.himaldainik.com/21112/2021/
कोरोनाको कहर बढेपछि भारतको महाराष्ट्रमा विकेन्ड लकडाउन

भारतमा एकैदिन १ लाखमा कोरोना संक्रमण

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय