हिमाल दैनिक
दिपाश्रीको फेसबुक ह्याक गर्ने १४ बर्षिय बालक पक्राउ
deepa-shree-niraula
नेपाली कलाकारहरुको फेसबुक एकाउन्ट ह्याक गरेको आरोपमा आज १४ बर्षिय बालक पक्राउ परेको छ। साइबर ब्युरोले आज प्रेस बिज्ञप्ति जारी गर्दै पर्सा बहुदरमाई नगरपालिका–५ का १४ बर्षिय बालकले केहि कलाकारको फेसबुक एकाउन्ट ह्याक गरेको जानकारी दिएको छ। उनले दिपाश्री निरौला, सरोज खनाल लगायतका कलाकारको फेसबुक ह्याक गरेको बताइएको छ। उनलाई जिल्ला अदालत काठमाडौँबाट अनुमति लिइ पर्साबाट पक्राउ गरिसकेको छ । दिपाश्री चैत्र १२ गते आफ्नो फेसबुक ह्याक भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उनले आफ्नो फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भनेर जाहेरी दिएकी थिइन्।
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update