हिमाल दैनिक
भारतमा ११ दिनको बच्चामा देखियो कोरोना
corona-baby
भारतमा ११ दिनको बच्चामा कोरोनाको संक्रमण देखिएको छ। भारतको एक राज्यमा ११ दिनको बच्चामा कोरोनाको संक्रमण देखिएपछि उनलाई अहिले भेन्टिलेटरमा राखिएको छ । भारतको न्युज एजेन्सी भास्करका अनुसार आमाबाट उनमा कोरोनाको संक्रमण देखिएको हो । अहिले उनलाई रेमडेसिविर खोप लगाइएको छ। पछिल्लो समय भारतमा कोरोनाको संक्रमण बढ्दै गएको छ । सोमबार भारतमा १ लाख ६० हजार ६९४ मा कोरोनाको संक्रमण देखिएको छ। त्यस्तै गएको २४ घण्टामा कुल ८८० जनाको मृत्यु भएको छ भने ९६ हजार ७२७ जनाले स्वास्थ्य लाभ लिएका छ। भारत एकै दिन १ लाख ६० हजार नाघेको यो लगातार दोश्रो दिन हो। आइतबार भारतमा १ लाख ५९ हजार ९१४ मा कोरोना देखिएको थियो। पछिल्लो विवरण अनुसार भारतमा करिब १.३७ करोड जना कोरोना देखिएको छ जसमा १.२२ करोड ठिक भईसके भने १ लाख ७१ हजार ८९ जनाको कोरोना बाट मृत्यु भएको छ । एजेन्सीको सहयोगमा
प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update