रारा तालको पर्यटन प्रवद्र्धनका कार्यक्रम विकास गर्न सरकारलाई सुझाव

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मुुलुककै प्रमुख पर्यटकीय गन्तव्य रारा तालको सौन्दर्यलाई कायम राख्दै पर्यटक प्रवद्र्धनका कार्यक्रमलाई तीव्र विकास गर्न सरकारलाई सुुझाव दिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा हालै त्यस क्षेत्रमा गरेको अध्ययन भ्रमणपछि तयार गरिएको प्रतिवेदनमाथि सुुझाव दिँदै सांसदले रारा क्षेत्रमा वसोवासका लागि होटल प्रबन्ध र सरसफाइको पाटो कमजोर रहेकै कारण भ्रमणमा असर सक्नेतर्फ समयमै विचार पुु¥याउन आवश्यक रहेको बताएका हुन् ।
सभापति पवित्रा निरौलासहितको संसदीय टोलीले गत चैत १५ देखि १७ गतेसम्म पर्यटकीयस्थल बर्दिया राष्ट्रिय निकुुञ्ज र रारा ताल क्षेत्रको अवलोकन भ्रमण गरेको थियो । भ्रमणका क्रममा टोलीले त्यस क्षेत्रका जैविक विविधता, धार्मिक तथा सांस्कृतिक सम्पदा, पर्यटन विकासका सम्भावना र चुनौतीबारे स्थानीय जनप्रतिनिधि, नागरिक समाज र उपलब्ध सरकारी निकायका पदाधिकारीसँग छलफल र अन्तरक्रिया गरेको सभापति निरौलाले बताईन । उनले सातै प्रदेशमा पर्यटकिय गन्तव्य निर्माणका लागि सरकारलाई आवश्यक सुझाव दिन समितिको कार्यक्षेत्रमा परेका क्षेत्रको अध्ययन भ्रमण गरिएको जानकारी दिईन ।
बैठकमा सांसदहरुले सफा रारा, हरियाली रारा नाम दिएर पर्यटन प्रवद्र्धनका लागि अनेकौँ कार्यक्रम सञ्चालन गरिएका र कतिपय कार्यक्रमले त्यस क्षेत्रका जनताको आत्मनिर्भर अर्थतन्त्रलाई कमजोर तुुल्याएर परनिर्भर तुुल्याएको धारणा राखेका थिए । अध्ययन टोलीले रारा र बर्दिया राष्ट्रिय निकुुञ्जबारे तयार गरेको प्रारम्भिक प्रतिवेदनमा सांसदले दिएका सुुझाव समेटेर आगामी बैठकमा प्रस्ताव पेश गर्न समितिले समिति सचिवालयलाई निर्देशन दिएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय