हिमाल दैनिक
दिल्लीमा लकडाउनको अवधि थप एक हप्ता थपियो
arvind-kejariwal-delhi-cm
भारतको दिल्लीमा लकडाउनको अवधि थपिएको छ । आज दिल्लीका मुख्यमन्त्री अरविन्द केजारीवालले दिल्लीमा थप एक हप्ता लकडाउन गर्ने घोषणा गरेका हुन् । सोमबार सकिन लागेको लकडाउनको अवधिलाई केजारीवालले बढेर १० मे सम्म पुराएका हुन् ।  पछिल्लो १५ दिनदेखि दिल्लीमा दैनिक २० हजारभन्दा बढीमा कोरोना देखिदै आइएको छ । १६ अप्रिलमा सबै भन्दा कम केस १९ हजार ४८६ जनामा कोरोना देखिएको थियो । शुक्रबार मात्र दिल्लीमा २७ हजार ४७ जनामा कोरोना पुष्टि भएको थियो भने ३७५ जनाको मृत्यु भएको छ। पछिल्लो समय भारतमा कोरोनाले भयावह रुप लिइएको छ। भारतमा संक्रमितहरुलाई पर्याप्त अक्सिजन सप्प्लाई, बेड र औषधि नभएका कारण स्वास्थ्य अवस्था निकै नाजुक बनेको छ। अक्सिजनको कमिका अनुसार धेरै संक्रमितहरुको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्।  
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update