हिमाल दैनिक
बौद्धमा जलेको अवस्थामा मानिसको खुट्टा भेटियो
baudha-las
काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा आधा जलेको अवस्थामा मानिसको खुट्टा भेटिएको छ । मंगलबार बिहान मानिसको घुँडामुनिको खुट्टाको भाग जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै स्थानीयले मानिसको खुट्टा देखेपछि प्रहरीलाई शव भेटिएको भनेर खबर गरेका थिए । घटनाबारे जानकारी हुनेबितिकै प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । खुट्टा र घुँडाको भाग मात्रै फेला परेको र पोष्टमार्टमका लागि पठाइएको उनले बताए । अहिले कसको शव हो, घटना के हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update