हिमाल दैनिक
फ्रान्सेली राष्ट्रपति म्याँक्रोलाई थप्पड
france-president-slapped
फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोमाथि एक व्यक्तिले हातपात गरेका छन् । मंगलबार दक्षिणी फ्रान्सको भ्रमणका क्रममा राष्ट्रपति म्याँक्रोमाथि एक ब्यक्तिले थप्पड हानेका हुन् । म्याँक्रो बाटोमा उभिएका व्यक्तिसँग कुराकानी क्रममा सो व्यक्तिले राष्ट्रपति म्याँक्रोलाई झापड हानेका थिए । उक्त घटना लगत्तै राष्ट्रपति म्याँक्रोको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरिएको छ । फ्रान्सको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा ती व्यक्तिले राष्ट्रपतिलाई हिर्काउने प्रयत्न गरेको जनाउँदै राष्ट्रपतिको नियमित कार्यक्रम यथावत रहने बताएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update