हिमाल दैनिक
बलात्कारको प्रयत्न असफल भएपछि सलले घाँटी कसेर सन्तोषी सुब्बाको हत्या
santoshi-subba
काठमाडौंको दक्षिणकालीमा मंगलबार मृत अवस्थामा भेटिएकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गर्दै सुब्बाको हत्यामा सन्धुपाल्चोकको चौतारा साँगाचोकगढी घर भई हाल दक्षिणकाली नगरपालिका ७ बस्ने सुरेश तिमल्सिना संलग्नता रहेको जनाएको हो । सहचालक समेत रहेका तिमल्सिनालाई प्रहरीले बिहीबार नै सार्वजनिक गरेको थियो । असार ६ गते सन्तोषीले आफूलाई बस्ने खाने समस्या भएको बताएपछि सुरेशले गाँस बासको व्यवस्था मिलाईदिने भन्दै आफुसंगै लगेको प्रहरीले जनाएको छ । सुरेशले सन्तोषीलाई बलात्कारको प्रयास गरेपछि प्रतिकार गर्न खोज्दा सलले घाँटी कसेर हत्या गरेको र हत्यापछि अनुहार नचिनियोस् भनेर ढुंगाले हानेर बिगारिएको अनुसन्धानबाट खुलेको महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले जानकारी दिए । टोलीले सुरेशलाई बिहीबार कमलाक्षीबाट नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको उनले बताए । सन्तोषीको शव गएको मंगलबार दिउँसो करिब ३ बजेतिर दक्षिणकालीको शौचालयमा भेटिएको थियो । https://youtu.be/be4y0Rx7qao
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update