
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोबाट ल्यापटप चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका २९ वर्षीय विष्णु अधिकारीलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
कार्गोमा विदेशबाट जेठ ७ र ११ गते आयात भएको ५ सय ७ वटा ल्यापटपमध्ये १३ वटा चोरी भएका थिए । प्रहरीको अनुसन्धानमा असार ३ गते ६ वटा र जेठ २० गते २० वटा ल्यापटप अधिकारीले चोरी गरेको देखिएपछि नियन्त्रणमा लिएको महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले बताए ।
पक्राउ परेका अधिकारीसंग प्रहरीले ८ थान ल्यापटप बरामद गरेको छ । नियन्त्रणमा लिएका अधिकारी नेपाल एयरलाइन्सको लोडर हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौंको दक्षिणकालीमा मंगलबार मृत अवस्थामा भेटिएकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गर्दै सुब्बाको हत्यामा सन्धुपाल्चोकको चौतारा साँगाचोकगढी घर भई हाल दक्षिणकाली नगरपालिका ७ बस्ने सुरेश तिमल्सिना संलग्नता रहेको जनाएको हो ।
सहचालक समेत रहेका तिमल्सिनालाई प्रहरीले बिहीबार नै सार्वजनिक गरेको थियो । असार ६ गते सन्तोषीले आफूलाई बस्ने खाने समस्या भएको बताएपछि सुरेशले गाँस बासको व्यवस्था मिलाईदिने भन्दै आफुसंगै लगेको प्रहरीले जनाएको छ ।
सुरेशले सन्तोषीलाई बलात्कारको प्रयास गरेपछि प्रतिकार गर्न खोज्दा सलले घाँटी कसेर हत्या गरेको र हत्यापछि अनुहार नचिनियोस् भनेर ढुंगाले हानेर बिगारिएको अनुसन्धानबाट खुलेको महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले जानकारी दिए । टोलीले सुरेशलाई बिहीबार कमलाक्षीबाट नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको उनले बताए ।
सन्तोषीको शव गएको मंगलबार दिउँसो करिब ३ बजेतिर दक्षिणकालीको शौचालयमा भेटिएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय