हिमाल दैनिक
अफिसमा सहयोगीलाई चुम्बन गरेको तस्बिर सार्बजनिक भएपछि ब्रिटेनका स्वास्थ्यमन्त्रीले दिए राजिनामा
man-hancock
कोरोना महामारीका बीच ब्रिटेनका स्वास्थ्यमन्त्रीले राजिनामा दिएका छन् । कोरोनाको बीच सामाजिक दुरी तोडेको आरोप स्वास्थ्यमन्त्री मैट हैनकॉकमाथि लागेपछि उनले आइतबार आफ्नो राजिनामा दिएका हुन् । स्वास्थ्यमन्त्री हैनकॉकले आफ्नो सहयोगी जीना कोलाडंगेलोसंग चुम्बन गरेका थिए । हैनकाँक र उनको प्रेमिका जिनाको चुम्बन गरेको तस्बिर सार्बजनिक भएको थियो । यो तस्बिर केहि समयमा सामाजिक संजालमा भाइरल बन्यो । उक्त फोटो सामाजिक संजालमा भाइरल भएपछि कोरोनाको प्रोटोकल तोडेको भन्दै चौतर्फी रुपमा उनको राजीनाको माग गरेको थियो । तर हैनकाँकले राजिनामा दिन अस्विकार गरेका थिए । उनले कोरोनाको प्रोटोकल तोडेकोमा माफी मागेका थिए । सनका अनुसार सो तस्बिर ६ मेमा लिइएको थियो । उनले आफ्नो राजिनामा प्रधानमन्त्री बोरिस जोनसनलाई बुझाएका हुन् । अन्तराष्ट्रिय संचार मध्यम 'द सन' का अनसार ४२ बर्षिय हैनकाँक विवाहित हुन् । उनको श्रीमतो मार्थासंग ३ सन्तान रहेका छ । त्यस्तै उनको सहयोगी जिना पनि विवाहित रहेको सनले जनाएको छ ।  
प्रकाशित मिति: आइतबार, असार १३, २०७८  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update