हिमाल दैनिक
नेतृत्वले नै हार खाएर भागेपछि अफगान तालिबानको हातमा गयो: राष्ट्रपति बाइडेन
joe-biden-address
अमेरिकाका राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको संकट बारे आफ्नो प्रतिक्रिया दिएका छन् । मंगलबार बिहान राष्ट्रपति बाइडेनले सम्बोधन गर्दै अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता बोलाएको निर्णयको बचाऊ गरेका हुन् । अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता बोलाएपछि बाइडेनको यो पहिलो सम्बोधन हो । सम्बोधनका क्रममा बाइडेनले आफुसंग केवल दुई बिकल्प रहेको बताए । पहिलो बिकल्प तलिबानीहरुसंग सम्झौता गरेर अमेरिकी सैनिकलाई त्यहाँबाट बोलाउने र दोश्रो बिकल्प हजारौं सैनिक पठाएर युद्ध गर्ने । तर, अफगानी नेताहरु पहिले नै आत्मा समर्पण गरेर आफ्नै देश छोडेर भएपछि आफु यो निर्णय लिन बाध्य भएको उनले बताए । https://youtu.be/CjY3kh0Kkm4 त्यस्तै अफगानिस्तानमा भएको हिंसाको प्रश्न आफुलाई भन्दा पनि आफ्नै देश र आफ्ना जनता छोडेर भागेका अफगानिस्तानका राष्ट्रपति अशरफ गानीलाई प्रश्न गर्नु पर्ने बताए । त्यस्तै उनले अफगानिस्तानमा अचानक बदिएको हालतका कारण अन्य देशहरुमा पनि यसको असर पुगेको प्रतिक्रिया दिए । उनले आतंकबादविरुद्ध अझै पनि लडाई जारी रहेको बताएका छन् । उनले अफगानिस्तानमा अमेरिकी सैनिकले निकै त्याग र बलिदान दिएको बताए । त्यस्तै त्यहा फसेका अमेरिकी नागरिकलाई सुरक्षित उद्दार गर्ने समेत बताएका छन् । एजेन्सीको सहयोग
प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update