हिमाल दैनिक
तलिबानी लडाकु अमेरिकी आर्मीको मोडर्न युनिफर्ममा
taliban-in american uniform
अफगानिस्तानमाथि कब्जा गरेको तालिबान समुहले फेरी एउटा भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा तालिबान अमेरिकाको मिलिट्री ड्रेस र हतियार सहित देखिएका छन् । यो भिडियो तालिबानले आफ्नो च्यानलमा अपलोड गरेको छ । अफगान र अमेरिकी सेनाबाट खतरा महसुस भए संगै तलिबानी लडाकुले ३१३ बटालियन बनाएको छ । यस युनिटलाई तालिबानले प्रेसिडेन्शियल प्यालेस सहित देशको अलग अलग स्थानमा खटाइएको छ । उनिहरुले लगाएको ड्रेस अमेरिकी आर्मी संग मिल्दो जुल्दो देखिन्छ । उनीहरुसंग अमेरिकी राइफल एम-४, बडी आर्मर, नाइट भिजन डिभाइस, बुलेट प्रुफ ज्याकेट सहित अन्य हतियार रहेको बताइएको छ । अफगानिस्तानमा कब्जा गरेको तालिबानले अफगानमा लामो समयसम्म शासन गर्ने तरखरमा रहेको छ। जसका लागि यस समुहले अफगानको सबै स्थानमा आफ्नो लडाकु खटाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update