हिमाल दैनिक
खाद्यान्न अभाव चर्किएपछि श्रीलंकामा संकटकाल घोषणा
srilanka-president
कोलम्बो । खाद्यान्न अभाव भएपछि श्रीलंकामा संकटकाल घोषणा भएको छ । खानेकुराको मूल्यवृद्धि र खाद्यान्न अभाव हुन नदिन राष्ट्रपतिले पेश गरेको संकटकाल प्रस्तावलाई सोमबार त्यहाँको संसदले पारित गरेको छ ।
तर, विपक्षी सांसदहरुले भने संकटकाल लगाउनुभन्दा विद्यमान अन्य कानूनमार्फत समस्या समाधानको उपाय खोज्न माग गरेका थिए । साथै, संकटकाल लगाउने सरकारी कदमको विपक्षीले विरोध गरेका छन् । संकटकाल कानूनले अधिकारीहरुलाई पूर्जी बिनै पक्राउ गर्न सक्ने, सम्पत्ति जफत गनै सक्ने, कुनै स्थलमा प्रवेश गरेर खोजतलास गर्न सक्ने र अदालतमा उठाइन नपाइने ढंगले कुनै कानूनलाई निलम्बन गर्न सक्ने अधिकार दिएको छ । राष्ट्रपति गोताबाय राजापाक्षेले अगस्ट ३० मा संकटकाल लागू गरेका थिए । संकटकाललाई १५ दिनभित्र संसदको २२५ संख्याको आधारमा पारित गर्नुपर्ने संवैधानिक व्यवस्था थियो । मतदानमा १३२ भोट संकटकालको पक्षमा थियो भने ५१ विपक्षमा । सत्तारुढ दलसँग १५० सिट थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update