हिमाल दैनिक
३ बर्षपछि चेन्नईले उचाल्यो आइपिएलको उपाधि
ipl-champions
आइपिएल-२०२१ को उपाधि चेन्नई सुपर किंग्सले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा चेन्नईले कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चौथो पटक उपाधिमा कब्जा गरेको हो । टस हारेर ब्याटिंगका लागि क्रिजमा उत्रेको चेन्नईले ३ विकेटको नोक्सानमा १९२ रन बनाएको थियो । टिमका लागि फाफ डुप्लेसिसले ८६ रन बनाएको थियो । चेन्नईले दिएको १९३ रनको टार्गेटका लागि केकेआर १६५/९ मात्र बनाउन सक्यो । महेन्द्र सिंह धोनीको चेन्नईले यस भन्दा अघि २०१० मा मुम्बई इन्डियनस, २०११ मा आरिसिबी, २०१८ मा सनराइजर्स हैदराबादलाई हराउदै उपाधि हात पारेको थियो। टस हारेर ब्याटिंग गरेको चेन्नईले राम्रो सुरुवात गरेको थियो । पहिलो विकेटका लागि ऋतुराज गायकवाड़ र फाफ डुप्लेसिसले ८ ओभरमा ६१ रन जोडेका थिए । सुनिल नरेनले ऋतुराज (३२) लाई आउट गर्दै यो साझेदारीलाई तोडेका थिए । नरेनले यस पछि राबिन उथप्पा (३१) को विकेट पनि लिएका थिए। फाफ डुप्लेसिसले ५९ बलमा ८६ राम बनाए । मोइन अलीले २० बलमा ३७ रनको पारि खेलेका थिए ।
प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update