हिमाल दैनिक
एएफसी एसियन कप छनोट खेल्न राष्ट्रिय फुटबल टोली ताजिकिस्तान प्रस्थान
Nepal-football-U23
एएफसी एसियन कप छनोट खेल्ने नेपाली यू–२३ राष्ट्रिय फुटबल टोलीको विदाई गरिएको छ । टोली मंगलबार ताजिकिस्तान प्रस्थान गर्दैछ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच खेलकुद मन्त्री महेश्वर गहतराज लगायतले यू–२३ राष्ट्रिय फुटबल टोलीलाई विदाई गरे । विवाद कार्यक्रममा मन्त्री गहतराजले उच्च मनोवलका साथ प्रदर्शन देखाउन आग्रह गरे । उनले खेल र खेलाडीको बिकासका लागि आफु सदैव प्रतिवद्ध रहेको जिकिर गरे । छनोट अन्तर्गत नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान समावेश छन । ताजिकिस्तानमा हुने छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ । यस्तै दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गदा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ । छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्ने मौका पाउनेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा नै हुने प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुने तालिका रहेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update