हिमाल दैनिक
पाकिस्तानसंग हारको रिस विराटले पोखे पाकिस्तानी पत्रकारमाथि! (भिडियो सहित)
virat-kohli
टी-ट्वान्टी विश्वकपमा पाकिस्तानसंग हार बेहोरे भारतका कप्तान विराट कोहली पाकिस्तानी पत्रकारसंग रिसाएका छन् । हारपछि प्रेस कन्फेरेन्समा एक पाकिस्तानी पत्रकारले बिराटसंग सोधे,'के इशानको ठाउँमा रोहित शर्मालाई खेलाउनु सहि निर्णय थियो?' त्यसको जबाफमा कोहलीले भने,'यो निकै शाहासीपूर्ण प्रश्न हो। मेरो नजरमा मैले राम्रो टिम लिएर मैदानमा आएका थियौ। के तपाईलाई लाग्छ एक टि-२० खेलमा भारत रोहित शर्मा बिना खेल्न सक्छ? के तपाई साच्चिकै रोहित शर्मालाई टिमबाट निकाल्ने भन्ने सोच्नु भएको हो । के तपाईले बिर्सिनु भएको यस अघि पाकिस्तानसंगको खेलमा रोहितको कस्तो प्रदर्शन थियो ।' यसमै थप्दै कोहलीले भने,'यदी तपाई कुनै कन्ट्रोभर्सि खोज्नु भएको हो भने मलाई पहिले भन्दिनु। यसका लागिमा पहिले तयार भएर आउनेछु। ' https://youtu.be/3lbroaD_Mgc हिजोको खेलमा रोहित शर्मा शुन्यमा आउट भएका थिए । युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न सुपर-१२ चरण अन्तर्गत समुह ‘२’ को खेलमा भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले विकेट नगुमाई पछ्याउँदै १० विकेटको जित हात पारेको थियो।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update