हिमाल दैनिक
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आन्दोलनरत नेपाल बार एशोसिएन र सर्वोच्च बार एशोसिएनलाई वार्तामा आउन आह्वान गरेका छन् । सोमबार प्रेस विज्ञप्ति जारी गरी उनले बारलाई वार्तामा आउन आह्वान गरेका हुन् । विधिका पक्षमा दृढतापूर्वक उभिँदै न्यायपालिकाका एकै परिवारभित्र देखिएका समस्या समाधान गर्न विग्रहको बाटो छोडी संवादको मार्ग अवलम्बन गर्न उनले आह्वान गरेका छन् । उनले विद्यमान गतिरोधलाई तत्काल अन्त्य गरी बन्दी प्रत्यक्षीकरणसहित नागरिकको न्याय प्राप्त गर्ने मौलिक अधिकार तथा न्याय निरूपण गर्ने कर्तव्यलाई निरन्तरता दिने वातावरण सिर्जना गर्नुपर्ने समेत बताएका छन् । प्रधानन्याधिशको प्रेस बिज्ञप्ती बाचन गर्दै सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले न्यायपालिकामाथि एकोहोरो प्रहार भइरहँदा हुने क्षतिले राज्यका अन्य निकायसहित सबैलाई क्षति पुग्ने कुरामा सम्बन्धित सबैले मनन् गर्नुपर्ने धारणा राखे । संविधानद्वारा स्थापना भएको सर्वोच्च न्यायिक अङ्ग र यसका प्रमुखमाथि एकपक्षीय ढङ्गले निरन्तररुपमा अत्यन्तै तथ्यहीन भ्रमपूर्ण र अनर्गल आरोप लगाउने काम भइरहनु अत्यन्त चिन्ताजनक विषय भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update