राखेपका पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन
                        
                        
                                                
                                            
                                                
                        राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । ४० बर्षिय टेण्डी बुधबार बिहान ३: ३० बजे विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएका थिए ।
नशा सम्बधि रोगबाट पिडित टेण्डी बिगत ३ वर्षा देखि अवस्थ्य रहदै आएका थिए । उनले अमेरिका, भारत र चीनमा गएर उपचार गराएका थिए ।
टेण्डी अमृत साइन्स क्याम्पसका पूर्व सभापति समेत रहेका रहेका थिए । उनि नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष समेत थिए । उनका बुवा, आमा, दुई दाई र बहिनी छन् ।
                        
                    
                प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

