हिमाल दैनिक
ए डिभिजन लिग: युथ क्लबको पहिलो जित
youth-club
सातदोबाटो युथ क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार थ्री स्टार क्लबलाई १–० गोलले पराजित गर्दै सातदोबाटोले पहिलो जित निकालेको हो । सातदोबाटोलाई जित दिलाउन सुदिप गुरुङले निर्णायक गोल गरे । सुदिपले खेलको २९ औं मिनेटमा निर्णायक गोल गरे । मार्टिन्स अजयीले उपलब्ध गराएको पासमा अनमार्क रहेका सुदिपले डिबक्सको ठिक बाहिरबाट सुन्दर गोल गरे । पहिलो खेलमा फ्रेण्ड्ससंग गोलरहित बराबरी खेल्दै ए डिभिजन लिगमा डेब्यु गरेको सातदोबाटोले चर्चित क्लब थ्रीस्टारलाई हराउँदै महत्वपूर्ण तीन अंक जोडेको छ । जितपछि सातदोबाटो २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । थ्रीस्टारको २ खेलबाट ३ अंक छ रहेको छ भने तालिकाको दोस्रो स्थानमा झरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update