हिमाल दैनिक
सत्तागठबन्धन दलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकले प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । प्रधानन्यायधिशको राजीनामा माग गर्दै नेपाल बारको अगुवाईमा भइरहेको आन्दोलनका कारण सर्वोच्चको कामकारवाही प्रभावित भएको छ । बुधबार सर्वोच्च अदालतमा पहिलो पटक गोला प्रक्रियाद्वारा इजलास तोकिएपनि प्रधानन्यायधिश विरामी भएका कारण कायममुकायम तोक्नुपर्ने भन्दै कानुन व्यवसायीले विरोध गरेपछि इजलास प्रभावित भएको छ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update