प्रतिनिधि सभाको बैठक आज बस्दै, एमाले आज पनि अबरुद्ध जारी राख्ने
संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। आज दिउसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठकमा आज दुई अध्यादेश प्रस्तुत हुँदैछन्। सम्भावित कार्यसूची अनुसार बैठकमा फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने र यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश पेश हुँदैछन्।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले अध्यादेश पेश गर्न गर्नेछन। यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश अस्वीकृत गर्न नेमकिपाका सांसद प्रेम सुवालले छुट्टै प्रस्ताव पेश गर्नेछन्।
सरकार यस चालु अधिवेशनमा एमसीसी पेश गर्ने पक्षमा रहेको छ । यसका लागि अहिले सत्तारुढ गठबन्धनमा छलफल चलिरहेको छ।
यता प्रमुख प्रतिपक्ष दल नेकपा एमलेले आज पनि संसद अबरुद्ध गर्ने जनाएको छ । माधवकुमार नेपाललगायत एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्तको सूचना जारी नसकेको भन्दै एमालेले संघीय संसदको दुवै सदनमा निरन्तर अवरोध गर्दै आएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय