हिमाल दैनिक
आफूमाथि एसिड प्रहार गर्ने कासिमसंगै बिहे गरिन् बेरफिनले
Acid Survivor Berfin Ozek
टर्कीमा एक एसिड सरभाइबर युवतीले बिहे गरेकी छिन्। २० बर्षिय बेरफिन ओजेकले २३ बर्षिय कासिम ओजन सेल्‍टिकसंग बिबाह गरेका हुन् । एसिड आक्रमणमा परेकी बेरफिनले उक्त घटना पछि ३० प्रतिशत भन्दा कम मात्र देखिने गर्छिन । उनिमाथि एसिड प्रहार प्रेम सम्बन्ध कै कारण भएको थियो र एसिड प्रहार गर्ने ब्यक्ति कासिम नै हुन् । सन् २०१९ बेरफिन र कासिमको ब्रेकअप भयो । प्रेममा हार खाएका कासिमले रिसको झोकमा बेरफिनमाथि एसिड प्रहार गरे । डेली मेलका अनुसार बेरफिनले आफ्नै पुर्व प्रेमीले नै आफुमाथि एसिड आक्रमण गरेको प्रहरीलाई बयान दिएपछि कासिमलाई पक्राउ गरिएको थियो । यसका लागि कासिमलाई १३ बर्ष ६ महिनाका लागि जेल सजाय सुनाइए पनि कोभिड नियमका कारण उनलाई जेलबाट बाहिर आउने अनुमति दिईयो। आफ्नो रिहाईपछि कासिमले माफी माग्दै बेरफिनलाई बिहेको प्रस्ताब गरे र बेरफिनले कासिमलाई माफी दिंदै बिहेको लागि राजी भईको बताइएको छ । यी दुईले डिसेम्बरमा नै बिहे गरेका हुन् । बेरफिनको वुवा यासर ओजेकभने यस बिहेबाट खुसि छैनन् । अहिले यो बिषय सामाजिक संजालमा भाइरल बनेको छ । केहिले बेरफिनको आलोचना गरेका छन् भने कसैले यो उनको निजी बिषय भन्दै उनको समर्थनमा पनि आएका छन् ।
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update