हिमाल दैनिक
रूसले यूक्रेनमाथि हमला गरे निर्णायक कारबाई अमेरिकाले गर्छ: बाइडेन
joe-biden
युक्रेनको मुद्दामा अमेरिका र रुसबीच तनाव बढ्दै गएको छ। सोमबार अमेरिका राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति वोल्दोजिमिर जेलेंस्कीसंग कुराकानी गरेका छन् । बाइडेनले यूक्रेनका राष्ट्रपति जेलेंस्कीसंग कुरा गर्दै रुसले युक्रेनमाथि हमला गरे अमेरिका चुप नबस्ने बताएको अन्तराष्ट्रिय संचार मध्यमले जनाएको छ । उनले यदी रुसले युक्रेनमाथि हमला गरे रुसबिरुद्ध अमेरिकाले जबाफी कारबाही गर्ने बताए । ५० मिनेट भएको कुराकानीमा आवश्यक परे रुसविरुद्ध आर्थिक प्रतिबन्ध गर्ने समेत बताइएको छ । केहि दिन अघिमात्र जेलेंस्कीले रुसका राष्ट्रपति व्लादिमिर पुतिनमा फोनवार्ता गरेका थिए । युक्रेनको मुद्दामा अमेरिका र रुस अधिकारीबीच यस महिनामा नै जिनेवामा वार्ता गर्ने बताइएको छ । पछिल्लो समय रुस र युक्रेनबीच युद्धको स्थिति देखिएको छ।
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update