हिमाल दैनिक
उत्तर कोरियामा बैलिस्टिक मिसाइलको परीक्षण
CORRECTION-NKOREA-POLITICS-ANNIVERSARY
उत्तर कोरियाको तानाशाह किम जोङ्ग उनले एक पटक फेरी मिसाइलको परिक्षण गरेका छन् । अन्तराष्ट्रिय संचार मध्यमका अनुसार बुधबार उत्तर कोरियामा एक बैलेस्टिक मिसाइल परिक्षण गरिएको हो। यो मिसाइल समुन्द्रमा खसेको बताइएको छ। उत्तर कोरियाले सन् २०२२ मा यो पहिलो मिसाइल परिक्षण गरेको हो । उनले उत्तर कोरियाको सत्ता सम्हालेको १० बर्ष पुरा भएको छ । सत्ता सम्हालेका यता उनले एटमी हतियार बनाउनमा मुख्य बल गरेका छन् । कोरोनाका कारण अहिले उत्तर कोरिया भुखमरी भएको बताइएको छ । भुखमरी र गरिबीसंग जुधिराखेको उत्तर कोरिया अहिले पनि हतियार बनाउन पैसा खर्च गर्दै आएको छ । यस्तो समयमा पनि कोरिया बैलेस्टिक मिसाइल परिक्षण गरेको छ । यो परिक्षण पछि दक्षिण कोरियामा नेसनल सेकुरिटी काउन्सिलको बैठक बोलाइएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update