हिमाल दैनिक
उत्तर कोरियामा दुई दिन दुई बैलिस्टिक मिसाइलको परीक्षण
north-korea-ballistic-missile
उत्तर कोरियाले दुई दिनमा दुई मिसाइल टेस्ट गरेको छ । अन्तराष्ट्रिय संचार मध्यमका अनुसार बुधबार उत्तर कोरियाले बैलेस्टिक मिसाइल टेस्ट गरेको थियो । तर, यस कुराको सरकारी एजेन्सीले कुनै पुस्ज्तो गरेको थिएन। बिहिबार भने उत्तर कोरियाको सरकारी एजेन्सीले बयान जारी गर्दै दुई दिनमा दुई मिसाइल परिक्षण गरेको जानकारी दिएको छ। एजेन्सीका अनुसार यो मिसाइल हाइपरसोनीक मिसाइल हो । त्यहाँका तानाशाह किम जोङ्ग उनले केहि समय अघि अन्तराष्ट्रिय प्रतिबन्धका अनुसार देश भोकमारीको संकटमा रहेको बताएका थिए ।भुखमरी र गरिबीसंग जुधिराखेको उत्तर कोरिया अहिले पनि हतियार बनाउन पैसा खर्च गर्दै आएको छ । यस्तो समयमा पनि कोरिया बैलेस्टिक मिसाइल परिक्षण गरेको छ । https://www.himaldainik.com/30223/2022/
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update