हिमाल दैनिक
अमेरिकाको एक अपार्टमेन्टमा भीषण आगलागी, ९ बच्चा सहित १९ को मृत्यु
Bronx Apartment
अमेरिकाको न्युयार्क शहरमा एक अपार्टमेन्टमा आगलागी भएको छ । आइतबार बिहान न्युयार्कको ब्रोक्स अपार्टमेन्ट( Bronx Apartment ) मा भएको भीषण आगलागीका कारण ९ बच्चा सहित १९ जनाको मृत्यु भएको हो । त्यस्तै यस घटनामा ५० भन्दा बढी घाइते भएका छन् । घाइतेको बिभिन्न अस्पतालमा भर्ना गरिएको बताइएको छ । अन्तराष्ट्रिय संचार मध्यमका अनुसार एक दर्शन भन्दा बढीको स्थिति गम्भीर रहेको छ । फायर डिपार्टमेन्टका आयुक्त डेनियल निग्रोका अनुसार यो घटना आइतबार बिहान करिब ११ बजे भएको थियो । आगो कसरी लाग्यो भन्ने कुराको अधिकारिक पुष्टि अहिले सम्म भएको छैन । तर, न्युयार्क सहरको मेयर एरिक एडम्सले यो घटना कोठामा बालिएको हिटरका कारण भएको हुन सक्ने अनुमान लागेका छन् । मेयरले यो घटना शहरको अहिले सम्मकै ठुलो घटना रहेको बताएका छन् । १९ तला उक्त अपार्टमेन्टको आगोलाई नियन्त्रणमा लिना २०० फायर फ़ाइटर्सको मद्दत लागेको मेयरले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update