हिमाल दैनिक
दुई हप्तामा उत्तर कोरियामा तीन हाइपसोनिक मिसाइल परिक्षण
north-korea-ballistic-missile1
उत्तर कोरियाले हाइपसोनिक मिसाइलको सफल परिक्षण गरेको छ । उत्तर कोरियाले मंगलबार बैलिस्टिक मिसाइल परिक्षण गरेको हो । नर्थ कोरियन स्टेट मिडियाले बुधबार यस कुराको पुष्टि गरेको हो । सन् २०२२ मा उत्तर कोरियाले यो तेस्रो परिक्षण हो । यस अघि गत हप्ता यहाँ दुईवटा परीक्षण गरिएको थियो । उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परिक्षण गरेकोमा अमेरिकाले चर्को आलोचना गरेको छ । अमेरिकाले उत्तर कोरियाको मिसाइल परिक्षण अन्तरष्ट्रिय समुदायमा खतरा रहेको बताएको छ । त्यस्तै उत्तर कोरिया र जापानको रक्षाको लागि प्रतिबद्धता जनाएको छ । यस अघि मंगलबार किम जोङ्ग उनले बैलिस्टिक मिसाइल परिक्षण गरेका थिए । मंगलबार नै दक्षिण कोरिया र जापानले मिसाइल प्रति आपत्ति जनाएका छन् । तनाशाह उनले केहि समय अघि अन्तराष्ट्रिय प्रतिबन्धका अनुसार देश भोकमारीको संकटमा रहेको बताएका थिए । भुखमरी र गरिबीसंग जुधिराखेको उत्तर कोरिया अहिले पनि हतियार बनाउन पैसा खर्च गर्दै आएको छ । यस्तो समयमा पनि कोरिया बैलेस्टिक मिसाइल परिक्षण गरेको छ ।
प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update