हिमाल दैनिक
प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । यसै वर्षको जनवरीमा कोभिड–१९ बाट सङ्क्रमित भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नआएपछि उहाँ हप्तौँदेखि सघन उपचार कक्षमा हुनुहुन्थ्यो । उपचारका क्रममा नै आइतबार बिहान उहाँको निधन भएको हो । मङ्गेशकरको जन्म सन् १९२९ मा भएको थियो र उहाँले आफ्नो बुबा दीनानाथको तालिममा प्रारम्भिक रूपमा आफ्नो सांगीतिक यात्रा सुरु गर्नुभएको थियो । लताले पाँच वर्षको उमेरबाट नै आफ्ना बुवाबाट सांगीतिक तालिम शुरु गर्नुभएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै मङ्गेशकरको निधनले “देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छोडेको“ बताउनु भएको छ । मोदीले मङ्गेशकरका “गीतहरूले विभिन्न खाले भावनाहरू प्रवाह गरेको र उहाँले “दशकौँसम्म भारतीय चलचित्र जगतलाई नजिकबाट नियालेको बताउनुभएको छ । लता १३ वर्षको हुँदा बुबाको मृत्यु भएको थियो । त्यसपछि चार साना भाइबहिनीको लालनपालनको समेत भूमिका खेल्न बाध्य तुल्यायो र अन्ततः १९४५ मा उहाँको परिवार मुम्बईमा बसाई सार्नु पर्यो । सन् १९६२ मा भारत–चीन युद्धमा मारिएका सैनिकहरूलाई देशभक्तिपूर्ण श्रद्धाञ्जली गाउन सन् १९६३ जनवरीमा भारतको गणतन्त्र दिवस समारोहमा सरकारद्वारा उहाँलाई निमन्त्रणा गरिएको थियो । उहाँले “ओ द पिपल अफ माइ कन्ट्री“ को प्रस्तुतिले तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू आँसु झार्नुभएको थियो । उहाँले भक्ति र शास्त्रीय एल्बमहरू रेकर्ड गर्नुका साथै एक हजार भन्दा बढी चलचित्रमा गीत गाउनुभएको छ । आधा शताब्दी लामो असाधारण साङ्गीतिक यात्राका क्रममा उहाँले ३६ भाषामा २७ हजार भन्दा बढी गीत गाउनु भएको छ । सन् २००१ मा उहाँले भारतमा नागरिकहरूले पाउने सबैभन्दा उच्च तहको सम्मान भारत रत्न प्राप्त गर्नुभएको थियो । सन् २००४ मा उहाँको उमेर ७५ वर्ष पुग्दा बलिउडका प्रसिद्ध निर्देशकमध्ये एक यश चोपडाले “मैले उहाँको आवाजमा भगवानको आशीर्वाद देखेँ भनेर लेख्नुभएको थियो ।’’ मङ्गेशकरले विवाह भने गर्नुभएन । उहाँकी बहिनी आशा भोसले पनि चर्चित बलिउड गायिका हुनुहुन्छ । लताले नेपाली भाषामा पनि गीत गाउनुभएको छ । रासस/एएफपी
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update