हिमाल दैनिक
संवैधानिक जिम्मेवारी पुरा गर्न नसकेका कारण महाभियोग लगाउनुपर्यो: गुरुङ
dev-gurung
सत्तारुढ कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी)का ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् । उनीहरुले आइतबार संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका हुन् । महाभियोगको प्रस्तावकमा कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी प्रमुख सचेतक देवप्रसाद गुरुङ र एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ छन् । आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्न नसकेपछि २१ बुँदे कारणसहित महाभियोग लगाउनुपरेको प्रस्तावक गुरुङले बताए । प्रधानन्याधिशमा कार्यक्षमता अभाव देखिएको, भ्रष्टाचारलाई प्रोत्साहन गरेको र न्यायिक सम्पादनमा क्षमता अभाव देखिएकाले महाअभियोग प्रस्ताव दर्ता गरिएको जानकारी दिए। न्याय दिने ठाउँ निरन्तर रूपमा उनको कारणले अवरुद्ध रहेकाले महाभियोगको कदम चाल्नु परेको उनले बताए । नेपालको संविधानको धारा १०१(२) अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायधीशविरुद्ध दर्ता गरिएको गुरुङको भनाई छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनि पदबाट स्वतः निलम्बनमा परेका छन् । संसदीय प्रक्रियामा महाअभियोगको प्रस्ताव छलफलमा हुने उक्त छलफलपछि छानविन समिति बनाएर बयानका लागि बोलाउने प्रावधान रहेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update