हिमाल दैनिक
प्रधानन्यायाधीश राणाविरुद्ध लागेका २१ बुँदे आरोप पत्रमा के के आरोप छन्?
allegation against rana
सत्ता गठबन्धनमा रहेका प्रमुख राजनीतिक दल तथा तिनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध २१ बुँदे आरोपसहितको महाभियोग प्रतिनिधि सभामा दर्ता गराएका छन्। विगत लामो समयदेखि प्रधानन्यायाधीश राणाको विरुद्ध सडकमा नारावाजी र धर्ना जुलुस गर्दै आएका वारका पदाधिकारी तथा कानून व्यवसायीहरुसँगै कतिपय न्यायाधीशहरुले उनीसँग सुनुवाईका लागि तयार नभएर न्यायालय न्यायसम्पादनमा असफल भइरहेको बेला सत्ता गठबन्धनका सांसदहरुले उनीविरुद्ध सदनमा महाभियोगको प्रस्ताव दर्ता गराएका हुन्। यसरी आइतबार संसद सचिवालयमा दर्ता गरिएको २१ बुँदे आरोप पत्रमा कतिपय आरोपहरु बाहिर सडक र चिया पसलहरुमा चल्ने गरेका हल्ला भन्दा फरक छैनन्। उनीमाथि लगाइएका आरोपहरुको सूचिमा एकाध आरोप तथ्यले पनि पुष्टि गर्ने खालका छन् भने अधिकांश आरोपहरु तथ्य र प्रमाणले पुष्टि हुन कठिन देखिने खालका पनि छन्। के के आरोप लगाइएको छ, प्रधानन्यायाधीश राणा विरुद्धः जस्ताको तस्तैः
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update