हिमाल दैनिक
प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव स्वागतयोग्य: बार
nepal bar_chandeshwor-shrestha
नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ताको कदमलाई स्वागत गरेको छ । प्रधानन्यायधिशको राजीनामा माग गर्दै आइतबार गरिएको आन्दोलनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको बहिर्गमनका लागि दर्ता भएको महाभियोग प्रस्तावको स्वागत गर्दै सफल हुने दावी गरे । उनले प्रधानन्यायधिश मात्रै नभई अन्य न्यायधिशलाई पनि बिचौलियाको काम रोक्दै आफुमा सुधार गर्न सुझाव दिए । न्यायपालीका सुधार भए अन्य बिषयलाई सुधार गर्न सकिने उनको भनाई छ । श्रेष्ठले बारको आन्दोलन व्यक्तिको फाइदाको लागि नभएर समग्र न्यायपालीकाको सुधारका लािग भएको भन्दै प्रधानन्यायधिशको बहिर्गमन नभएसम्म आन्दोलन जारी रहने बताए । त्यस्तै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले महाभियोग प्रस्ताव दर्ता भएसंगै प्रधानन्यायधिशलाई सर्वोच्चमा बस्ने अनुमति नभएको र निलम्वीत प्रधानन्यायधिश भएको बताए । उनले अर्को प्रधानन्यायधिशको सपथ नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे । त्यसअघि आइतबार सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप भएको थियो । बारले आइतबारदेखि पुन भौतिक उपस्थितिमा आन्दोलनका कार्यक्रमलाई अघि बढाएको हो ।
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update