आजदेखि एमसीसी प्रस्तावमाथि छलफल सुरु, बोल्न चाहने सबैलाई ५ मिनेटको समय दिने
बहुचर्चित अमेरिकी विकास सहयोग सम्झौता (एमसीसी) प्रस्तावमाथि प्रतिनिधि सभामा आजदेखि सामान्य छलफल सुरु हुने भएको छ।
सदनदेखि सडकसम्म एमसीसीको विरोधमा आवाजहरु उठिरहेकै बेला पूर्ववर्ती सरकारको पालामा भएको सहमति र प्रस्ताव अनुरुप हालै सरकारले सदनमा पेश गरेको प्रस्तावमाथि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकपछि आजदेखि सुरु हुने छलफलमा भाग लिन चाहने सदस्यहरुलाई ५ मिनेटका दरले बोल्न समय दिने निर्णय गरेका छन्।
एमसीसीको पक्षमा रहेको एमाले भने छलफलमा भाग नलिएर आफूले विगतदेखि उठाउँदै आएका मुद्दा सम्बोधन नहुँदासम्म सदनमा चालु गर्दै आएको विरोध र नारावाजीलाई कायमै राख्ने रणनीतिमा अडिग रहेको छ।
उता सत्तामा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीभित्र भने एमसीसीको विषयले गम्भीर संकट निम्त्याएको छ।
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय