हिमाल दैनिक
चलचित्रकर्मी पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा
Paul Shah
जबर्जस्ती करणीको अभियोग लागेका चलचित्रकर्मी पल शाह पक्राउ परेका छन्। आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो। प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी दिए। सत्र वर्षीया गायिकालाई जबर्जस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए। पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। शाहले आज नै प्रहरीसामु आत्मसमर्पण गर्ने जानकारी सामाजिक संजालमार्फत दिएका थिए। पीडितका परिवारले नायक शाहले विसं २०७८ वैशाख १४ गते ललाइफकाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको छ। त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको छ। जाहेरीमा निज शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा कडाभन्दा कडा कारवाही गरी कानूनबमोजिम गरी सोही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ। रासस
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १३:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update