हिमाल दैनिक
युक्रेनका युद्ध प्रभावितलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघको आह्वान
UN General Secretary
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गर्नुभएको छ । अन्तरराष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घनलाई रोक्न अन्तरराष्ट्रिय सहयोग र ऐक्यबद्धताको निम्ति पनि उहाँले आह्वान गर्नुभएको हो । संयुक्त राष्ट्रसंघको महासभामा अन्तरराष्ट्रिय सहयोग अभिवृद्धि गर्ने बैठकमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । रुस(युक्रेन द्वन्द्वलाई उद्धृत गर्दै गुटेर्रेसले शान्ति सबैभन्दा महत्त्वपूर्ण विश्वव्यापी सार्वजनिक हित भएको र यसलाई सहयोग पुर्‍याउन संयुक्त राष्ट्र संघको स्थापना भएको पनि गुटेरेसले बताउनु भएको छ । रासस÷एएनआई
प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update