हिमाल दैनिक
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाभियोग सम्बन्धी प्रस्तावमाथि प्रतिनिधि सभामा छलफल सुरु भएको छ। प्रधानन्यायाधीश जबराविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९५ जना सांसदले फागुन १ गते दर्ता गरेको महाभियोग प्रस्तावमाथि छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचिमा राख्दै बैठक सुरु गरेपनि विपक्षी दल नेकपा एमालेका सांसदहरुले भने सदनमा वेल घेराउ र नारावाजी भने जारी राखे। केही दिनअघि बसेको संसद बैठकले गठन गरेको महाभियोग सिफारिस समितिमा आफ्नो पार्टीका चार सदस्यको नाम दिएर समितिमा बसेको एमाले भने महाभियोग सम्बन्धी प्रस्तावमाथिको छलफलमा भने सदन अवरोध गर्दै सहभागी भएको छैन। माओवादीका नेता देवप्रसाद गुरुङ प्रस्तावक र कांग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा एसका जीवनराम श्रेष्ठ समर्थक रहेको २१ बुँदे महाभियोग पत्र सदनमा पेश गर्न सभामुखले गुरुङलाई समय दिए।
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update