हिमाल दैनिक
हङ्गेरीमा सत्तारुढ गठबन्धन नै विजयी, अर्वान पाचौँ पटक प्रधानमन्त्री बन्ने
HUNGARY-BUDAPEST-PARLIAMENTARY ELECTIONS
हङ्गेरीमा भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री भिक्टोर अर्वान नेतृत्वको गठबन्धन नै विजयी भएको छ । उहाँ अव पाँचौँ पटक देशको प्रधानमन्त्री बन्नु हुने भएको छ । नयाँ संसद् गठनका लागि आइतबार भएको निर्वाचनमा सत्तारुढ दल फिडेस नेतृत्वको केडीएनपी गठवन्धन विजयी भएको हो । निर्वाचन कार्यालयले मतपरिणाम आइतबार राती नै सार्वजनिक गरेको थियो । मतपरिणाम सार्वजनिक भएसँगै सत्तारुढ दलका नेताहरूले देशभरी खुशियाली मनाएको समाचारमा जनाइएको छ । फिडेस नेतृत्वको गठबन्धनले ७१ प्रतिशत मत गणना हुँदा नै ५४.६५ प्रतिशत मत प्राप्त गरेको थियो । विपक्षी छ पार्टीको गठबन्धनले भने ३३.५५ प्रतिशत मात्रै मत प्राप्त गरी दोस्रो भएको निर्वाचन कार्यालयले जनाएको छ । कुल १९९ संसदीय सिट मध्ये १३४ सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ । यसअघि सन् २०१८ मा भएको निर्वाचनमा उहाँले गठबन्धनले १३३ सिटमा जित हासिल गरेको थियो । गठबन्धनले सन् २०१८, २०१४ र २०१० मा झै अत्यधिक मत प्राप्त गरेको हो । देशभरी मतदान अधिकार पाएकाको सङ्ख्या ७० लाख ८० हजार रहेको छ । निर्वाचनका लागि देशभरी १० हजार मतदान केन्द्र तय गरिएको थियो । सन् १९९८ देश शक्तिमा आउनुभएका ५८ बर्षिया प्रधानमन्त्री अर्वानले सुरुमा सन् २००२ सम्म शासन गर्नुभएको थियो । त्यसपछि सन् २०१० मा फेरि शक्तिमा आउनुभएको थियो । रासस÷सिन्ह्वा÷बुडापेस्ट
प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update