हिमाल दैनिक
ललितपुरको सगरमाथा ग्याँस प्लान्टमा विस्फोटन, १ को निधन, ७ घाइते
Lalitpur sagarmatha gas plant blast
सगरमाथा अक्सिजन ग्याँस प्लान्टमा बिस्फोट हुँदा एक जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन्। बिहीवार ललितपुर महानगरपालिका–१५ स्थित औद्योगिक क्षेत्रमा रहेको सगरमाथ अक्सिजन नेपाल प्रा.लि.मा बिहान १०ः०५ बजे अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइ पड्किँदा ब्रिजमोहन महतोको ज्यान गएको हो। उक्त दुर्घटनामा परि अन्य ७ जना घाइते भएका छन्। मृतक ब्रिजमोहन महतोको शरीर क्षतविक्षत भएको ललितपुर प्रहरी परिसर प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए। घाईतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको र उनको बि एण्ड बी अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीका प्रवक्ता शाहले जानकारी दिए। शाहका अनुसार घाइते एक जनाको अवस्था गम्भीर छ भने उनको एउटा खुट्टा छिनको छ। अन्य घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। अहिले घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थापन टिमले शुरुवाती अनुसन्धान गरिरहेको र शुरुवाती अनुसन्धानपछि यसको विस्तृत अनुसन्धान हुने एसपी शाहले बताए। प्रवक्ता शाहले भने, ‘ललितपुरको पाटन औद्योगिक क्षेत्रमा अक्सिजन प्लान्ट बिस्फोट भएको हो। १०ः०५ देखि १०ः १० बजेको बीचमा रहेको छ। अक्सिजन रिफिलको काममा बिस्फोट भएको देखिन्छ। अक्सिजन भर्ने क्रममा सिलिण्डर बिस्फोट भएको हो। सिलिण्डर भर्ने क्रममा रहनुभएका ब्रिज महतोको बिस्फोटबाट छतविक्षत भएर मृत्यु भएको छ। अन्य ७ जना घाइते भएका छन्, ६ जनाको पाटन, अर्कोको बि एण्ड बीमा अहिले उपचार भइरहेको छ। घरहरुको क्षति भएको छ, सिसा फुटेको छ, मृतकका पार्टहरु धेरै टाढा टाढासम्म पुगेको छ, यो टेक्निीकल्ली कारण हो। अब अनुसन्धानपछि सबै थाहा हुन्छ।’ ग्याँस सिलिण्डर बिस्फोट भएर दुर्घटना भएपछि उक्त स्थानमा आगलागी भने भएको छैन। घटनाबाट भएको क्षति अहिले नै यकिन गर्न नसकिने बताउँदै यसको विस्तृत जानकारी अनुसन्धानपछि थाहा हुने बताए। रफिलिङगको क्रममा टेक्निकल्ली मिस्टेक भएर बिस्फोट हुँदा प्लान्टमा नै क्षति पुगेको बताउँदै अहिले नेपाल पुलिसको विपद् व्यवस्थापनको टिमले उक्त क्षेत्रमा अनुसन्धान र निरिक्षण जारी राखेको छ। [video width="1920" height="1080" mp4="https://www.himaldainik.com/wp-content/uploads/2022/04/lalitpur-bisfot1.mp4"][/video] त्यस्तै दुर्घटनास्थलको जानकारी पाएलगत्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू उक्त स्थलको निरिक्षणका लागि पुगेका छन्। निरिक्षणमा पुगेका मन्त्री बडूले मृतकको परिवारले पाउने राहत सरकारले तत्काल उपलब्ध गराउने जानकारी दिए। मन्त्री बडूले अन्य घाईतेलाई सरकारले उपचार गर्ने आश्वासन दिँदै अक्सिजन भर्ने क्रममा यसरी बिस्फोट हुनु साधारण विषय नभएको भन्दै यसलाई गहन अनुसन्धान गर्ने बताए। सरकारले यो विषयलाई प्राथमिकताका साथ राखेर प्राविधिकहरुलाई बोलाएर नै अनुसन्धान गर्ने जानकारी पनि उनले दिए। मन्त्री बडूले भने, ‘यो जुन घटना भयो यो दुख्द्, दुर्भाग्यपूर्ण हो। सबैलाई दुःख लागेको छ। हामीले सहजै अनुमान लगाउन सक्दैनौँँ। यो टेक्नीकल्ली अवस्थाका कारण भएको भन्ने कुरा छ। अक्सिजन रिफिलिंग गर्दा बिस्फोट हुनु भनेको झनै खोजको विषय हो। यसलाई हामी अनुसन्धान गर्नेछौँ। यो पहिलो उदाहरण हो भन्ने खबर छ। यसलाई हामी गहन विषय बनाएर अनुसन्धान गर्नेछौँ।’ घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दै उनले उनीहरुको उपचारमा सरकार निःशुल्क उपचार गराउने बताए। घटनाको विषयमा प्राविधिकहरुसमेत राखेर अनुसन्धान गर्ने बताउँदै उनले पीडितको परिवारलाइ सरकारले गर्नुपर्ने सहयोग र क्षतिपूर्ति दिने बताए।
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update