हिमाल दैनिक
गृहमन्त्रीले शान्ति, सुरक्षा दिन नसक्ने हो भने राजीनामा दिनुहोस्ः एमाले सांसद विश्वकर्मा
Aasha BK
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद आशाकुमारी विश्वकर्माले गृहमन्त्री बालकृष्ण खाणको क्षमतामाथि प्रश्न उठाउँदै उनको राजीनामा माग गरेकीछिन्। बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद विश्वकर्माले जनतालाई शान्ति सुरक्षा दिन गृहमन्त्री खाण असफल भएको आरोप लगाउादै उनको राजीनामा माग गरेकी हुन्। विश्वकर्माले सुर्खेतमा ४ वर्षीया बालिका मृत अवस्थामा भेटिएको, बाँकेको खजुरामा बर्थ डे मनाउन गएकी बालिका ५ जनाको सामूहिक बलात्कारमा परेको घटना टुलुटुलु हेरेर बस्ने काम सरकारले गरेका आरोप लगाउँदै नैतिकताको आधारमा पनि गृहमन्त्री खाणले राजीनामा दिनुपने तर्क गरिन्। सांसद विश्वकर्माले भनिन्, ‘छोरीले जन्म लिनु नै पाप हो त? दिनानुदिन सुनिनसक्नु, हेरि नसक्नु घटना घटी सकेका छन्। हिजो मात्रै सात वर्षीया बालिका ग्रीष्म विक चार दिनको दिन मृत फेला परेकी छन्, सुर्खेतमा। स्कुल हिँडेको, पसल हिँडेको बालिका घर फर्कने ग्यारेन्टी छैन। शान्ति सुरक्षाको प्रत्याभूति हुन सकेन। त्यसैगरी बाँकेको खजुरामा बर्थ डे मनाउन गएकी पाँच जनाको सामूहिक बलात्कारमा परेकी छन्। यस्तो जघन्य अपराध हुँदा पनि गृहमन्त्री टुलुटुलु हेरेर बस्नु भएको छ। यदि जनताको सुरक्षा दिन नसक्ने, बालिकाको सुरक्षा दिन नसक्ने हो भने गृहमन्त्रीज्यूले नैतिकताको आधारमा पनि राजीनामा दिनुपर्छ। होइन भने शान्ति सुरक्षा कायम गर्नु पर्छ।’ सांसद विश्वकर्माले बालिका बलात्कारको घटना सुन्न नसकिने गरी बढेको भन्दै त्यस्ता जघन्य अपराध हुन नदिन सरकारलाई सचेत गराइन्।
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update