हिमाल दैनिक
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार, स्थिति गम्भीर
M_XxjpbeE007207_20220708_PEPFN1A001
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको जापानको राजधानी टोकियोबाट प्राप्त समाचारमा जनाइएको छ ।जापानको पश्चिमी सहर नारामा सम्बोधन गरिरहनुभएका उहाँलाई शुक्रबार बिहान गोली हानिएको हो । सडकमा आयोजना भएको एक सभालाई सम्बोधन गरिरहेका बेला उहाँलाई पछाडिबाट गोली प्रहार भएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । जापानी टेलिभिजन एनएचकेले दिएको जानकारीमा उहाँलाई गोली लागेको ठाउँबाट रगत बगिरहेको छ । उहाँ अहिले बेहोस अवस्थामा रहनुभएको पनि यहाँका मिडियाले जनाएका छन् । नाराको स्थानीय प्रहरीले उहाँलाई नजिकैको एक अस्पतालमा कोमामा राखिएको छ । नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको र उहाँको अवस्था गम्भीर रहेको यहाँका मिडियाले जनाएका छन् । प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिएको छ । रासस/सिन्ब्हा
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १४:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update