हिमाल दैनिक
पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथिको भएको आक्रमणप्रति प्रम देउवाद्वारा दुःख व्यक्त
Screenshot 2022-07-08 145351
जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि भएको गोली प्रहारको घटनाप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्। शुक्रबार बिहान जापानको पश्चिमी सहर नारामा सम्बोधन गरिरहेको अवस्थामा एक अपरिचित व्यक्तिले गोली हानी गम्भीर घाइते भएको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति समेत रहेको देउवाले दुःख व्यक्त गरेका हुन्। देउवाले आफ्नो ट्वीटरमार्फत सिन्जो आबे जापाको पूर्व प्रधानमन्त्री विश्वकै चर्चित नेता मात्र नभई नेपालको असल मित्र पनि भएको उल्लेख गर्दै उनी र उनको परिवारप्रति आफ्नो प्रार्थना रहेको बताएका छन्।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १४:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update